जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १ डुमाई गाँउको पश्चिम सुरही खोलामा झुलांगे पुल निर्माण कार्य शुरु भएको छ । उक्त पुलको उद्घाटन कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले गरेका हुन् ।
पुलको शिलान्यास गर्दै नगर प्रमुख शाहले नगरलाई नमूना नगर बनाउने उद्देश्यले प्रत्येक गाउँलाई नगरकेन्द्रसंग जोड्ने बताए । आर्थिक बर्ष ०७६।०७७ को योजनामा अधिकांश ठोस योजना हरु राखेको कृष्णनगर नगरपालिकाले आउने तीन बर्षमा नमूना नगरपालिका बनाएरै छाड्ने नगरप्रमुख शाहले प्रतिवद्धता गरेका छन ।
कुल एक सय दस मिटर लामो र सवा एक मिटर चौडाईमा निर्माण हुने झोलुंगे पुलले बर्षाेदेखि बिकासको मुखै नदेखेका डुमाई बासीले नगरप्रमुखको खुलेरै प्रशांसा गरेका छन् । कपिलवस्तु जिल्लाको पश्चिम पिछडिएको छ त्यसमा पनि डबरा, पुरुषोत्तमपुर सम्म बाटो पुग्यो तर डुमाईलाई सोतेला झैं व्यावहार गर्ने मन्त्री ,सांसदले गर्न नसकेका बिकास नगरप्रमुख रजतप्रताप शाहले गरेकाे स्थानीयहरुको भनाई छ ।
सुरई खोलामा पुल निर्माण भएपछि डुमाईका सयौं बालबालिकाहरु गुरुचिहवा हुँदै शिवानगर स्थित श्रीदेवी माद्यामिक बिद्यालयसम्म पुग्न समस्या नहुने कक्षा ५ मा अध्यनरत छात्रा निलम आरखले बताईन् । कुल ८७ लाख ७५ हजार ३ सय ११ रुपैयाँको लागतमा बन्ने सो पुल नगरपालिकाको दोस्रो झोलुंगे पुल रहेको योजना अधिकृत प्रदीप चौधरीले बताए ।