पूर्व अधिराजकुमारी एवं पारस–हिमानी शाहकी छोरी पूर्णिका शाहले आफ्नो देशलाई त्यागेर आफ्नै देशलाई क्षति पुर्रयाउने कुचेष्टा गर्नेहरु झस्केर सोच्ने स्थितिमा पुगेको बताएकी छन्। आज आफ्नो जन्मदिनका अवसरमा एउटा लामो फेसबुक स्टाटस राख्दै उनले नेपालको हित नै सबैको हितमा भएको र सबै अनुशासनमा रहनु आवश्यक रहेको बताएकी हुन्।
उनले आफ्नो स्टाटसमा भनेकी छन्, ‘अन्याय र अनाचारसँग सम्झौता गर्नुजस्तो अपराध अरु कुनै छैन भन्ने तथ्यलाइ कसैले कदापि बिर्सनुहुन्न, प्रत्येक अन्याय र अनाचारसँग ठिक तरिकाले भिड्नु नै सर्वोत्तम धर्म हो। आफ्नो आचरण, संस्कार र संस्कृतिको सदा सम्मान र पालना गर्न कहिल्यै नबिर्सनु। आचरण हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहन्न भन्ने तथ्यलाइ कहिल्यै कसैले नकार्न सक्दैन।’
उनले देश र जनताको सेवा गर्ने एकमात्र लक्ष्य र उत्साहलाई प्रोत्साहित गरिएकोमा आफू अत्यन्तै खुसी भएको उल्लेख गर्दै ‘जुन देशमा जन्में, हुर्कें, त्यसै देशको माटो र नेपालीको भलाइमा नै मरिमेट्न पनि सकुँ’ भनेकी छन्।
उनको लामो स्टाटस यो लिंकमा