कञ्चनपुरको कृष्णपुर नगरपालिका २, वाणीका १९ वर्षीय सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत भेटिएका छन् ।
वेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा आज बिहान डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) नरेन्द्र चन्दका अनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ ।