जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १ छितुहानी जाने घोरही पुलको निर्माण कार्य शुरु भएको छ । पुल कृष्णनगर नगरपालिकाको लागतमा निर्माण हुन लगेको हो ।
सो पुल बनेपछि त्यस क्षेत्रका १ दर्जन भन्दा बढी गाँउहरु लभाबंवित हुने स्थानियहरु बताउछन् । पुल २ करोड ४८ लाखको लागतमा बन्न लागेको छ ।
उक्त पुल निर्माण पछि आरटियो सडक, कृष्णनगर–चन्द्रौटा फोरलेन सडकसंग जोडेर छितुनी, सिसहनिया लगायत आधा दर्जन गाउंका सर्वसधारणलाई नगरपालिका केन्द्रसंग जोड्ने कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाहले बताए । सो पुलबाट शिवानगरमा स्थिति श्री देवी माध्यमिक विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई समेत सुविधा हुने नगरप्रमुख शाहले बताए ।
आर्थिक बर्ष ०७५/०७६ को योजनामा पनि सो पुलका लागि दस लाख मात्र बजेट विनियोजन गरिएको योजना अधिकृत प्रदीप चौधरीले बताए । पुलको लम्बाई बढी भएकोले बजेट अपुग देखियो त्यसैले यस आर्थिक बर्षमा र्२ करोड ४८लाख बजेट विनियोजन गरि साढे सात मिटर चौडाई र एक्काईस मिटर लम्बाई भएको पुल निर्माण शुरु गरिएको योजना अधिकृत चौधरी बताए ।
पुल निर्माण भएपछि प्रदेश सरकारले निर्माण शुरु गरेको कृष्णनगर रंगशाला हुँदै छितुहनी, सिसहनिया लगायतका गाउंका सर्वसाधारणलाई कृष्णनगर पुग्न सजिलो हुने स्थानिय राजकुमार नाउले बताए । घोरही नदीमा पुल निर्माण हुन लागेपछि त्यस ठाँउका बासिन्दा हर्षित भएका छन् ।
लगभग पचास बर्ष भन्दा पहिला भारतको आनन्दनगरमा रहेको तत्कालीन गणेश चिनी मिलले बहादुरगंजदेखि छितुहनि शिवानगर हुँदै कृष्णनगर सम्म उखु ,काठ ढुवानीका लागि घोरही नदीमा पुल निर्माण गरेको थियो । तर धेरै दिनसम्म जीर्ण अवस्थामा रहेको र केही बर्ष पहिला बाढीले भत्केको सो पुल कृष्णनगर नगरपालिकाले प्राथमिकतामा राखेर निर्माण गर्न शुरु गरेको वडा १ अध्यक्ष तुंगनाथ चौधरीले बताए ।