लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खोलेको छ। आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा अधिकृतका लागि बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।
न्याय सेवातर्फ न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको क्षेत्रका लागि ५ सिट मागेको छ।
परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा खुलातर्फ २३८, महिलातर्फ ७७, आदिवासी÷जनजातितर्फ ६१, मधेसीतर्फ ५१, दलिततर्फ २०, अपांगतर्फ ११ र पिछडिएको क्षेत्रमा १० जनाका लागि विज्ञापन गरेको हो।
त्यसका लागि स्नातक तह पास गरेका उम्मेदवारले १५ पुससम्म एक हजार रूपैयाँ र २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न सक्ने आयोगले जनाएको छ।