पटक-पटक आग्रह गर्दा पनि टेलिकमले सडकभित्रका पोल नहटाएपछि टेलिफोनका पोल हटाउने अभियानमा माहनगरपालिका आक्रामक रुपमा लागेको छ ।सडकमा रहेको टेलिफानेका पोल नहट्दा विकास निमार्णमा अवरोध भएको भन्दै महानगरपालिका आफै पोल हटाउने अभियानमा लागेको हो ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुुलीले आज सडक तथा सडक भित्ररहेका टेलिफोनका पोलहरुको अवलोकनगर्दै टेलिकमले सडकमा परेका पोलहरु नहटाए पर्सी विहान बिहीवारदेखि महानगरपालिकाले स्काईवेटर लगाएर सवैपोल हटाउने बताए ।
उनले पोल नहटाउदा समयमा काम सम्मपन्नगर्न समस्या भएको भन्दै पोल र पोलमा तानिएका केवल नेटका तारहरु नहटाए स्काईवेटरको प्रयोग गरेर पोल हटाउन महानगरपालिका बाध्य हुुने बताए । पटक-पटक आग्रह गर्दापनि टेलिकमले पोल हटाउन वेवास्ता गरेको उनको भनाई थियो । विराटनगर महानगरापलिकामा सडक विस्तार एंव निमार्ण तथा ढल-नाला निमार्णको काममा टेलिफोनका पोलहरुले अवरोध पुुर्याएपछि कतिपय स्थानमा कामले गति लिन सकेको छैन ।
परियोजना संचालन भई रहेको विराटनगर महानगरपालिकाक्षेत्रका रहेको दुुईसय भन्दा वढि पोल सडक विस्तारको क्रममा अहिले सडकको विच भागमा परेका छन । जसका कारण सडक निमार्णमा समस्या भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले ६ महिनादेखी पटकपटक पत्राचार गरेपनि विराटनगरको जलजला रोड, महाविर रोड, वैंकलाईन,शनिमन्दिर तथा देवकोटा चौकमा रहेको टेलिफोनका पोलहरु टेलिकमले नहटाएको महानगरपालिका इन्जिनियर घनश्याम काफले बताए ।
नेपाल टेलिकम क्षेत्रिय कार्यालय विराटनगरका प्रमुुख रामप्रसाद उपाध्यायले केहि दिनमै सडकमा अवरोध पुुर्याउने टेलिफोनका सवै पोल हटने बताए।उनले विराटनगरमा अण्डरग्राउन्ड गरेर टेलिफोनका तारहरु व्यवस्थापन गर्ने काम भईरहेकाले पोल हटाउन केही ढिलाई भएको उनको भनाई थियो ।