पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुशी व्यक्त गरेका छन्। १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परीणामले अाफू अत्यन्त खूशी भएकाे समेत उनले उल्लेख गरेका छन्।
पूर्वराजा शाहले उपलव्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाई दिदै आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलव्धि हासिल भई रहोस् भन्ने कामना गरेका छन् । साथै १३औं साग प्रतियोगिता सफलतापुर्वक सम्मन्न गरेकोमा आयोजक एवं व्यवस्थापक सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।