प्रधानमन्त्री केपी शर्मा ओलीलाई डायलासिस गर्नका लागि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ।
१० दिनको उपचारपछि सरकारी निवास बालुवाटार फर्किएका ओलीलाई डिस्चार्ज भएको छैटौँ दिन पुनः अस्पताल लगिएको हो।
प्रधानमन्त्री ओलीले १३औँ दक्षिण एसियाली खेलकुदको समापन समारोहमा भिडियो सन्देशमार्फत सन्देश दिएका थिए।
प्रधानमन्त्री ओलीको आजै डालासिस गरिने छ। डाक्टरहरुले अबदेखि साताको तीन पटक मिर्गौलाको डायलासिस गर्नुपर्ने बताएका छन्। यसअघि आठौँ पटक मिर्गौलाको डायलासिस गरिएको थियो।