सडक डिभिजन कार्यालय प्युठानका दुईजना इन्जिनियर घुस लिँदालिँदै काठमाडौंमा पक्राउ परेका छन्।
सडक डिभिजन कार्यालय प्यूठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुव श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
काठमाडौं नयाँ बानेश्वरको एलिनाज बेकरी क्याफेमा करिब १० लाख रुपैयाँ घुस लिँदालिँदै घुससहित अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।