वीरगन्ज महानगरपालिका १२, शिवनगर नयाँ टोलमा प्रहरीले कुहिएको अवस्थामा आमा-छोरीको शव फेला पारेको छ ।
मोहन झाको घरमा डेरा गरी बस्दै आएका बारा कलैया २६, सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया पत्नी र साढे २ वर्षकी छोरी मृत भेटिएका हुन् । घरमा दुर्गन्ध फैलिएपछि झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी टोलीले ढोकाको ताला फुटाएर हेर्दा कुहिएको अवस्थामा आमा-छोरीको शव भेटिएको थियो ।
शव कपडाले बेरेर राखिएको थियो । घटनास्थलको प्रकृति हेर्दा केही दिनअघि हत्या गरी छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ । पेन्टिङको काम गर्दै आएका पवन भने फरार छन् ।