नेपालको अनौपचारिक भ्रमणमा रहेका बिश्व हिन्दू महासंघ बंगलादेश शाखाका महासचिव दिपन मिश्र नेतृत्वको एक टोलीले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसंग भेटघाट गरेका छन्।
निधि निवास बानेश्वरमा भएको भेटमा नेपाल र बंगलादेशको पुरानो सम्बन्धमा बारेमा चर्चा भएको थियो। भेटमा निधिले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालका तर्फबाट भएको योगदानका बारेमा स्मरण गराएका थिए।
नेपाल र बंलादेशका जनताबीच भाइचारा सम्बन्ध रहेको भन्दै बिश्व हिन्दू महासंघ बंगलादेश शाखाका महासचिब मिश्रले आगामी दिनमा यो सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। भेटमा बंगलादेशको धार्मिक मामला मन्त्रालयका हिन्दू धर्म कल्याण कोषका सचिब बिष्णुकुमार सरकार पनि सहभागी थिए।
भेटमा महासचिव मिश्रले उपसभापति निधिलाई बंगलादेश भ्रमणको निम्तो दिएका थिए।