साम्चीको साङगाछोलिङ सोम्बेकमा भूत फेरि फर्किएको छ र दिनहुँ घले परिवारलाई आतंकित पारिरहेको छ। छिनछिनमा छानोमा ढुंगा बर्सन्छ। त्यो ढुंगा लागेर परिवार घाइते भइरहेका छन्।
घर धनी सम्बीर घलेले धामी बसाएपछि डिसेम्बर ३ का दिन ढुंगा बर्सिएन। तर त्यो धेरै टिकेन। भोलिपल्ट सम्बीरकी ७५ वर्षीया मनकुमारी घलेमाथि मन्दिरमै ढुंगा बर्सियो। यो देखेपछि मनकुमारीका छिमेकी खड्गसिंह घले घटनास्थलतर्फ दौडिए। सम्बीरका छोरा सुनील भने डरले लुके।
मनकुमारीले आफूमाथि बज्रिएका सातवटा ढुंगा देखाइन्। ठूलो ढुंगा उनको छानोमा बज्रिएको थियो। ढुंगा बर्सिएको हेर्न थुप्रै छिमेकी जम्मा भए, तर त्यतिखेर केही भएन। ढुंगा बर्सिएन।
ढुंगा बर्सने क्रम गत नोभेम्बर १९ देखि सुरु भएको थियो। त्यो दिन १५ वर्षे सुनील आफ्ना बाजे भगीलालसँग सुतिरहेका बेला साँझ ७ बजदेखि नै छानामा ढुंगा बर्सन थालेको थियो। त्यो क्रममा रातभर चल्यो। उनीहरु त्यसदिनदेखि घरमा सुत्न सकेनन्। छिमेकीको घरमा रात बिताउन थाले।
सम्बीरका अनुसार अर्को दिन गाइ चराउन जाँदा दिउँसै ढुंगा बर्सन थाल्यो। उनी झन् त्रसित भए। ५ बजेसम्म झन् ठूलो ढुंगा बर्सन थालेपछि उनीहरु छिमेकीको घरतर्फ भागे। ‘केहीले लखेटेको जस्तो लागेको थियो मलाई,’ सम्बीर भन्छन्।
अर्कोदिन सम्बीर खेतमा काम गरिरहेका थिए। घरबाट बोलावट आयो। ढुंगाले टाउकोमा लागेर छोरा सुनील घाइते भएछन्। सुनीलले भने– गाग्रीलगायतका घरका भाँडाकुँडा उडिरहेको देखें, त्यो दृश्य निकै डरलाग्दो थियो।’
१५ वर्षका सुनीलकै वरपर ढुंगा बर्सन्थ्यो। एकदिन सुनील काकासँग बोलेरो गाडीमा बसेर घर फर्कँदै थिए। गाडीका झ्याल बन्द थिए। अरु मानिस पनि थिए। तर ढुंगा सिधै आएर सुनीललाई लाग्यो। घर पुग्दासम्म गाडीभरि ढुंगा थिए।
फेरि धामी बोलाइयो। तर उनीमाथि समेत ढुंगा बर्सिएपछि उनले आफूभन्दा वरिष्ठ धामीलाई बोलाए। सांगाछोलिङ गेवोङ कार्यालयमा यो खबर पुगेपछि कार्यालयले १० भिक्षु पठायो र केही धार्मिक कार्य गरियो। तर घलेको घरमा निरन्तर ढुंगा बर्सिरह्यो।
सिप्सुका धामी शेरबहादुर घलेले यस्तो घटना कहिल्यै नदेखेको बताए। उनलाई निम्त्याउनुपूर्व घले परिवारले एउटा ढुंगा उनको घरमा पठाएका थिए। ‘जब मैले धार्मिक कार्यका लागि ढुंगालाई काँसको प्लेटमा राखें, त्यो चम्किलो देखिएको थियो र चुम्बकजस्तै भयो,’ त्यसपछि मैले पक्कै केही समस्या छ भन्ने ठानेर सोम्बेक जाने निर्णय लिएँ।’ त्यसपछि उनी घलेको घरमा आएका थिए।
त्यसपछि शेरबहादुरले यस घटनाका पछाडि सम्बीरका बुढाबाजे कारण रहेको बताए। शेरबहादुरका अनुसार सम्बीरका बुढाबाजे साधु बन्न चाहन्थे, तर सोचेजस्तो हुन सकेनन्। जब उनको मृत्यु भयो, उनका परिवारले मृत्युसंस्कार राम्ररी गरेनन्। यहीकारण तिनले परिवारलाई दुःख दिन थाले। उनले सम्बीरका बुढाबाजेलाई मुक्ति दिलाउन आफूले काम गर्ने बताए।
गाउँ प्रमुख खड्का सिंह घलेका अनुसार कहिलेकाही यस्तो ढुंगा उडेर आउथ्यो, त्यसले मानिसलाई तत्कालै मार्लाजस्तो हुन्थ्यो।
सोम्बेकमा अहिले बाली लगाउने समय भएको छ। तर ढुंगा बर्साउने भूतको चर्चा अहिले घरघरमा हुने गरेको छ।
स्रोतः क्युन्सेलअनलाइन