बागलुङको निसीखोला गाउँपालिकामा ५ केजी चरेससहित मामा-भान्जी पक्राउ परेका छन् । वडा ६ निसीसिपकी ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख (प्रहरी निरीक्षक) सुरज खड्काका अनुसार मामा-भान्जीबीच चरेस खरिद-बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको खड्काले जानकारी दिए ।