बलात्कार आरोप लागेका चतराधामका गुरु सिद्धबाबा (कृष्णबहादुर गिरी) लाई चारदिन हिरासतमै राखेर अनुसन्धान गर्न समय थप गरिएको छ । उनलाई ह्विलचेयरमा राखेर जिल्ला अदालत सुनसरी लगिएको थियो ।
न्यायाधीश धर्मराज पौडेलको इजालासले थुनामा राखेर अनुसन्धान गर्न समय थप गरेको हो । प्रहरीले सोमबार बिहान ४ बजे विराटनगरको विराट नर्सिङ होमको आईसीयूबाट सिद्धबाबालाई पक्राउ गरी एम्बुलेन्समा हालेर इनरुवा पुर्याएको थियो ।
एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको आरोप लगाउँदै सिआईबीमा उजुरी दिएकी थिइन् । लगत्तै बिरामी परेको भन्दै सिद्धबाबा उपचारका लागि विराटन नर्सिङ होममा भर्ना भएका थिए । उनलाई मुटु, मिर्गौलाको पत्थरी र प्रोस्टेटसम्बन्धी समस्या रहेको अस्पतालले जनाएको थियो ।