जिल्लाको सदरमुकाम तौलिहवामा पहिलो पटक राम विवाह उत्सव मनाइएको छ । विवाह पञ्चमीको अवसरमा तौलिहवामा राम विवाह उत्सवको आयोजना गरिएको हो । सो अवसरमा रामजानकीको प्रतिमा सहित बाल मन्दिर परिसरबाट निकालिएको निस्कीएको जन्ति नयाटोल, गौढी चौक जिल्ला प्रसाशन चौक हुँदै पुन : बल मन्दिरमा आएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि रजनी ठुकराजले हाम्रो परम्परामा कुनै किसिमको बाधा अवरोध नआउने उद्देश्यले राष्ट्यि हिन्दु परिषद यो उत्सवको आयोजना गरेको उनले बताइन् । यो उत्सवले नेपाल र भारत दुई देशको सम्बन्धलाई अझा प्रभावकारी हुने ठुकराजले बताइन् ।
उत्सवमा बोल्दै कृष्णनगर नगरपालिकाका नगरप्रमुख एवम् कार्यक्रमका विशिष्ट अतिथि रजत प्रतप शाहले जो सुकै व्यक्तिले राम भगवानको नाम र उहाको उपदेशलाई व्यवहारमा लागु गरेर अगाडी बढ्नु पर्ने बताए । उनले भने जुन सुकै संटमा रहे पनि भगवान रामको नाम लिए पछि सवै दुःख कम हुने बताए ।
विवाह उत्सवको कार्यक्रमलाई आगामी बर्षहरुमा अझ बृहत बनाईदै लगिने राष्ट्यि हिन्दु परिषदका जिल्ला अध्यक्ष विरेन्द्र चौधरीले बताए ।कार्यक्रममा विभिन्न रानितिक दलका प्रमुख एवम् प्रतिनिधि, स्थानिय, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।