मोरङको सुुन्दरहरैचा नगरपालिका–१० स्थित खोर्साने चौकवाट आज गाजा सहित तीन जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा वेलवारी नगरपालिका–१ का २४ वर्षिया लक्ष्मि गुुरुङ सोहि ठाउका १९ वर्षिय विकाश धिमाल र १९ वर्षकै रितिक वस्नेत रहेका छन ।
विराटचौक वाट खटिएको प्रहरीको टोलीले मोटरसाइकलमा सवार तीनजनालाई चेकजाच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथवाट ३ केजी ४ सयग्राम गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।