पोखरा महानगरपालिका २०, मौजाको बिसौनामा सडक खन्ने क्रममा सल्यानको बागचौर नगरपालिका ४, पेदीखोलाका ५ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरको कनेक्टिभिटी सडक निर्माणका क्रममा आइतबार बिहान पौने ९ बजे बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।
प्रहरीका अनुसार सुरुमा ३ जनाको मृत्यु भएकामा थप २ घाइतेको पनि मृत्यु भएको हो । सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।