मोरङको धनपाल थान गाउँपालिकामा यही मंसिर १४ गते हुुने उपनिर्वाचनलाई मध्यनजरगर्दै आफूसंग रहेको निजी हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।
मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले निष्पच्छ, शान्तीपूर्ण र भयरहित वातवारणमा निर्वाचन सम्पन्नगर्न आफूसंग रहेको इजाजत प्राप्ता हातहतियार भोलि मंसिर १० गते भित्र स्थानीय प्रहरी कार्यालयहरुमा बुझाउन आग्रह गरे ।
इजाजत हातहतियार वुुझाउन प्रशासनले आग्रह गरी सकेको अवस्थामा कुुनै व्यक्तिबाट त्यस्ता कुुनैपनि प्रकारका हातहतियार फेला परे कानुुन अनुुसार कारबाही हुुने उनको भनाई थियो ।
प्रजिअ भुुजेलले निर्वाच निष्पच्छ र भयरहित वातवारणमा सम्पन्नगर्न सुुरक्षाको सवै प्रवन्ध गरिएको बताए ।धनपालथान गाउँपालिकाको वडा नं २ को अध्यक्षपद्का लागि उपनिर्वाचन हुुन लागेको हो ।