चुहावट नियन्त्रण गर्न गएका बिद्यतुका कर्मचारीहरुमाथी हातपात गरिए पछि गत मंसिर ४ गते मध्यरातमा गरिएको ब्ल्याक आउट अझै जारी छ । ब्लयाक आउटका कारण कपिलस्तुको शुद्धोधन गाउपालिका– १ छपिया गाउका ३ सय परिवार बिगत ६ दिन देखि अन्धकारमा बस्न बाध्य छन ।
घटनाका किटानी जाहेरी दिएका ब्यक्तिहरु अझै फरार रहेको र अझै कानुनी दायरामा आउन नसकेकोले सिसवा गाउको ब्ल्याक आउट कायम नै राखिएको नेपाल बिद्यतु प्राधिकरण तौलिहवा शाखाका प्रमुख जय कुमार यादवले बताए । लाईन जोडन आग्रह गर्न प्राधिकरण तौलिहवामा पुगको छपियाका स्थानीय अगुवाहरुलाई ६ दिन देखि ब्ल्याक आउट जारी रहँदा आफूलाई पनि दुःख लागेको बताए ।
‘ दोषीलाई कानुनी दायरामा नल्याए सम्म र सिसवा गाउमा भबिष्यमा बिद्यतु चोरी नगर्ने प्रतिबद्धता नआए सम्म काटिएकमो लाइन जोडदैनौ ’ प्रमुख यादवले भने । यस बिषयमा आफुले क्षेत्रीय कार्यालय बुटवल र प्रजिअ संग परामर्श लिने उनले बताए ।
सो वडाका वडा अध्यक्ष तिलकराम यादवले घटनाको चाडै समाधान गरी छपियामा चाडै लाईन जोडनु पर्ने बताए । उनले घटना खेद जनका भएको भन्दै यसको चाडै निकास निकाल्नु पने बताए । चुहावट नियनत्रण गर्न छपिया गाउमा पुगेका बिद्यतुका कर्मचाचरीहरुलाई स्थानीय माहोम्मद युसुफ खा र याकुफ खाले कुटपीट गरेका थिए ।
घटना पछि प्राधिकरणले दुई जना बिरुद्ध प्हरीमा किटानी जाहेरी दिएको थियो । उता बिद्यतु कर्मचारीहरुले अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले ठोस पहलन नलेको भन्दै गुनासो गरेका छन । फरार भएका दुई जना अभिराव, चाकरचौडामा खुलेयम हिडीरहेका स्थानीयहरु बताउँछन । प्रहरी उपरिक्षक सुनिल मल्लले फरार रहेको दुई जनाको खोजी कार्य जारी रहेको बताए ।