प्रदेश न १ मा एकैपटक एकसय दशवटा झोलुंगे पुुल निमार्ण हुुने भएको छ । प्रदेश न १ को भौतिक पुुर्वाधार विकास मंत्रालयले झोलुंगेंपुुल निमार्णकालागी काम अघि बढाएको हो ।
पहाडी तथा तराइका जिल्लामा सडक सन्जाल जोड्ने उदेश्यले एकवर्ष भित्रमा पुुल निमार्ण सम्पन्न गर्नेगरी काम अघि वढाएको मन्त्रालयका यातायात व्यवस्था महाशाखा प्रमुुख रेवतीरमण पराजुुलीले बताए ।
गतवर्ष ६२ वटा तथा चालुु आर्थिकवर्षमा ४८ वटा ठूलातथा साना झोलुंगे पुुल निमार्णकालागी काम अघि बढाएको पराजुुलीको भनाई छ । सो झोलुंगे पुुल ३० मिटरदेखी साढे तीनसय मिटर लम्वाई रहेको छ । ३० मिटर झोलुंगे पुुल निमार्णका लागी १५ लाख खर्च लाग्ने बताइएको छ । सो झोलुंगेंपुुल १५ लाख देखी साढे दुुई करोड लागतका रहेका छन ।
पुुल निमार्णका लागी स्वीस सरकारले टेक्किल स्र्पोट तथा लठा लगायत वस्तुुगत सहयोग गरेको पराजुुलीको भनाई छ । उहाँका अनुुसार यो बाहेका ताप्लेजुुङ , पाचथर लगायत पहाडी जिल्लामा १३ वटा झोलुंगे पुुल निमार्ण सम्पन्नभई संचालनमा आइसकेका छन ।
लामो समयदेखी पुुल वन्न नसकेको खोलाहरुमा प्रदेश सरकारले आवश्यकता हेरेर स्थानीय तह र प्रदेश सभासद् तथा स्थानीय जनताको माग अनुुसार योजना छनौटगरि मंत्रालयले झोलुंगे पुुल निमार्णको कामलाई तिव्रता दिएको छ ।