धान भित्र्याएर गहुँ खेती गर्ने तरखर शुरु भएका बेला कपिलबस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषक भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँखेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । जिल्लामा कृषि सहकारी संस्थाद्धारा अनुदानको मल विक्रि वितरण हुदै आएको छ ।
मलको लागि हामिलाई धेरै समस्या परेको,नेपालमा दुई हजार बाईस सयमा पाइने मद भारतबाट २८ सयमा किनेर ल्याएको कपिलबस्तु नगरपालिका कृषक जनार्दन यादवले बताए । भारतबाट ल्याएको मलको बोरीमा १८, ४६ लेखे पनि भित्र २०,२०, ० राखेर विक्रि वितरण गरेको उनले बताए । कृषक यादवले भने नेपालमा मल नपाएर खेती गर्न समस्य परेको बताए ।
गेहु छर्ने बेल सम्म पनि डीएपी मल नपाएको, हामी कहिले मल पाउने र कहिले गेहु छर्ने हाम्रो खेती दिन दिनै पछडि परेको कृषक हरिराम यादवले बताए ।
युरीया चहिने बेलामा डीएपी र डएिपी चहिने बेलामा युरीया मल आउने गरेको कृषकहरुको गुनासो छ । गहुको खेती गर्ने बेलामा डीएपी मल आवश्यक पर्दछ तर डीएपी नआएर युरीया मल आएको र हामी मल लिन किता भारत जना पर्ने समस्या रहेको कृषक हरिश चन्द्र बरईको गुनासो छ ।
अहिले कपिलबस्तुका किसानहरुलाई डिएपी मलको एकदमै आवश्यक पर्ने बेला भइसकयो, गँहु खेति गर्ने बेला भइसकेपनि कृषि सामग्री संग डिएपी मल छैन, युरीया मल मात्र रहेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख दिनेश शर्माले बताए ।
उनले भने यस्तै समस्या युरीया र डीएपी मलको धान खेती गर्ने बेलामा भएको र अहिले पनि यस्तै समस्या दोहरीएको बताए । मलको लागि अहिले १५ देखि २० दिन सम्मा किसानलाई मलको लागि कुर्नु पर्ने प्रमुख शर्माले बताए ।
जिल्लामा गंहु खेतीको लागि पाँच हजार मेट्रिक टन युरिया र डिएपी लग्ने गरेको छ । यहाँ वार्षिक रुपमा २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । कपिलबस्तुमा किसानले भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरीद गर्नुपरेको किसानको दुखेसो छ ।