बुढीगण्डकी परियोजना पीडितलाई तत्काल उचित मुआब्जा वितरणलगायतको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिइएको छ। उचित मुआब्जा र वितरणमा लामोसमयदेखि भएको ढिलाइ अन्त्य गर्न माग गर्दै धर्ना दिइएको हो। धर्नामा सांसदहरु डा बाबुराम भट्टराई तथा सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका सांसदहरु प्रकाशचन्द्र दवाडी र धनमाया लाममा पनि बसेका छन्।
डा भट्टराईले आफ्नो ट्वीटमा यो महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनामा देखिएका समस्या हल गर्न सरकारले तत्काल ध्यान दिन माग गरेका छन् ।
बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायतले धर्ना दिएका हुन्। मंसिर १० गतेसम्म मुआब्जा निर्धारण नगरे बूढीगण्डकी प्रभावितले थप आन्दोलन घोषणा गर्ने जनाएका छन्।
गोरखातर्फ साविक १४ र धादिङतर्फ १३ गाविसका जमिन डुवान पर्ने भए पनि मुआब्जा वितरण र तोक्ने काम पनि बाँकी नै छ।