‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न पुन: रोक लगाएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गरेर राइड सेयरिङ सेवामाथि रोक लगाएको हो । उनीहरूले मोटरसाइकलमार्फत यात्रु ओसारेको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ ।
निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गर्न नपाइने विभागले जनाएको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले कानुन विपरीत सवारीसाधन चलाउनेलाई कारबाही हुने बताए ।यातायात व्यवस्था ऐन २०४९ को दफा ८ ९२० मा ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन ।
यस अघि पनि प्रधानमन्त्री केपी ओलीले मोटरसाइकलमा यात्रु ‘टुटल’ र ‘पठाओ’ लाई रोक नलगाउन निर्देशन दिएपछि निर्वाद रूपमा सञ्चालन हुँदै आएको छ । टुटलले तीन वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ डेढ वर्ष अघि सञ्चालनमा आएको हो ।