सिरहाको लहानबाट हराएको डिजल ट्यांकर धनुषाको सपहीमा रित्तै भेटिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका १ मा रहेके राजदेवी मन्दिरनजिक रोकेर राखेको अवस्थामा ट्यांकर फेला परेको प्रहरीले जनाएको छ ।
रित्तो अवस्थामा बरामद ट्यांकर सिरहा प्रहरीलाई बुझाइएको छ । अमलेखगन्ज डिपोबाट डिजेल बोकेर विराटनगरतर्फ लागेको ना.४ख ४१६३ नम्बरको ट्यांकरका चालक मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए ।
प्रहरी सम्पर्कमा पुगेका चालक रामदेश यादव र सह-चालक उमेश यादवले आफूहरूलाई एक समूहले अपहरण गरी ट्यांकर भारततर्फ लगेको बताएका थिए । ट्यांकरमा २० हजार लिटर डिजेल थियो ।