उच्च अदालतमा न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक भाेलि ( बुधबार) बस्ने भएको छ।
न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले न्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न बैठक डाकेका हुन्।
न्यायाधीशमा को–कोलाई ल्याउने भनेर अहिलेसम्म औपचारिक रूपमा छलफल भएको छैन।
निरन्तर १० वर्ष अध्यापन अन्वेषण गरेको वा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीको रूपमा कम्तिमा ५ वर्ष काम गरेको व्यक्तिलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ।अहिले मुलुकभरका उच्च अदालतमा १२ न्यायाधीशको पद खाली छ।