सिराहाको लाहानबाट डिजेल बाेकेकाे ट्याङकर गायब भएको छ ।
नेपाल आयल निगमको बारास्थित अमलेखगञ्जबाट बिराटनगर डिपोका लागि डिजेल बोकेर हिडेको ना ४ ख ४१६३ नम्बरको ट्याङकर अपहरणमा परेकाे आशंका गरिएकाे छ । चालक र सहचालकलाइ बर्दिबास र लालबन्दीबीचको जंगलमा छाडेर ट्याङकर अपहरणकारील नै चलाएर लगेको बताइएकाे छ ।
चालकले ट्याङकर अपहरणमा परेको जानकारी गराएपछि त्यसबारेमा थाहा भएकाे आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । लाहान पुगेपछि चालकले ट्याङकर रोकेर बिश्राम गरेकाे बेला एक अज्ञात समूह आएर चालक र सहचालकलाई अपहरण शैलीमा आँखामा पट्टी बाँधेर भ्यानमा राखेर दौडाएकाे बताइएकाेछ ।अपहरण गरी लगेकाे भनिएकाे डिजेलको प्रचलित बजार मूल्य १९ लाख ४० हजार रुपैयाँ पर्दछ । प्रहरीले ट्याङकरकाे खाेजीकार्य जारी राखेकाे छ।
यसैबीच, निगमले तेल हराएपछि छानबिन समिति बनाएर खोजी कार्यअघि बढाएको छ ।निगमको बिराटनगर कार्यालय प्रमुख अशोक साहको संयोजकत्वमा एक टोली बनाएर छानबिनअघि बढाएको हाे । चालक सकुशल रहनु र ट्याङकर गायब हुनुलाई आशंका गरिएकाे छ।