काभ्रेको नमोबुद्ध नगरपालिका ८, तल्लो हटियामा घरभित्रै हत्या गरिएको अवस्थामा भेटिएका श्यामकृष्ण र रुकुमाया श्रेष्ठ दम्पतीका हत्यारा अझै पत्ता लागेका छैनन् ।
गत कात्तिक १८ गते राति लुटेरा समूहले श्रेष्ठ दम्पतीको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको थियो । घटनाबारे अनुसन्धान भइरहे पनि अझै हत्यारा पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) जयराज सापकोटाले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्ममा २१ लाई नियन्त्रणमा लिएर अनुसन्धान गसिसकेको र थप अनसन्धान जारी रहेको जनाएको छ । सापकोटाका अनुसार अहिलेसम्ममा दुईपटक केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरेको छ । -रासस