सर्वोच्च अदालतले बैतडीको पाटन बजारमा पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय तोकेको छ।
न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उनीहरूलाई ११ वर्ष कैद सजाय र बोहोरालाई क्षतिपूर्तिको फैसला गरेको हाे।
सर्वोच्चले दोषी र सरकार दुवैले गरी बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसलामा उल्लेख छ। उच्च अदालत महेन्द्र नगरले उनीहरूलाई सफाइ दिएको थियो।
२०६८ चैतमा एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकाे बेला बलात्कार गरेका थिए।