सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ ।
मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिरहेकाे बेला विभागले आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकलमा छापा मारिएको हो ।विभागको टोलीले तीन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको छ ।
सरकारले अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक-पटक निर्देशन दिँदा पनि मेडिकल कलेजहरूले भने सुनेनसुने झै गरी बसेका छन् ।अधिकांश कलेजले एमबीबीएस, बीडीएसलगायत चिकित्सा शिक्षाका विषय अध्ययनरत विद्यार्थीबाट सरकारले तोकेभन्दा लाखौं अतिरिक्त रकम उठाउँदै आएका छन् ।
शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको स्राेतले बताएकाे छ । प्रमाण लुकाउने मेडिकल कलेजमा छानबिन गरेर प्रमाण जुटाउने विभागको तयारी छ ।