काठमाडौं जेसीजको अध्यक्षमा मुकुन्द दाहाल निर्वाचित भएका छन्। शनिबार सम्पन्न काठमाडौं जेसीजको ३७ औं अधिवेशन तथा ४९ औं साधारणसभाबाट अध्यक्षमा दाहाल सर्वसम्मत चुनिएका हुन्।
अध्यक्षका प्रत्याशी पारस पोखरेलले काठमाडौं जेसीजलाई एकताबद्ध बनाउन भन्दै उम्मेदवारी फिर्ता लिएर दाहाललाई समर्थन गरेका थिए। अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुुवार र रफी भण्डारी, उपाध्यक्षहरुमा ध्रुव तिवारी, निरोज खतिवडा, नारायण आचार्य र हेम भण्डारी सर्वसम्मत चयन भएका छन् । वर्ष २०२० का लागि सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो।
नवनिर्वाचित अध्यक्ष दाहालले काठमाडौं जेसीजको गरिमालाई उचो राख्नेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले वर्ष २०२० का लागि विधान अनुसारको मनोनयन पनि गरेका छन् ।
जसअनुसार महासचिवमा रामराज ओझा, कोषाध्यक्षमा श्याम घिमिरे, सह कोषाध्यक्षमा रामेश्वर सिंखडा र सहसचिवमा कैलाश पोखरेल मनोनित भएका छन्। यस्तै, कार्यकारिणी उपाध्यक्षमा करुणा थापा र उपाध्यक्षहरुमा रितिका खरेल र प्रतिकमान सिंग्दन मनोनित गरेका छन् । वर्ष २०२० को कानुनी सल्लाहकारमा भने कैलाश श्रेष्ठ मनोनित भएका छन् ।
वर्ष २०१९ का अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले नवनिर्वाचित समितिले काठमाडौं जेसीजको गरिमालाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्दै बधाई ज्ञापन गरेका छन्। काठमाडौं जेसीजले यही वर्ष आफ्नो स्थापनाको स्वर्ण महोत्सव मनाएको थियो ।