दक्षिण चितवनको ठोरी-माडी खण्डअन्तर्गत पुरानो अमुवा पोस्टनजिकै जंगली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका १, बरुवाका बाबुराम पौडेल र राजु पौडेल छन् । पौडेलद्वय बाबुछोरा हुन् ।
आज (शनिबार) बिहान ७ बजे मोटरसाइकलमा पर्साको ठोरीबाट चितवनको माडीतर्फ आउँदै गरेका उनीहरुको हात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।