नायिका शिल्पा पोखरेललाई काठमाडौं जिल्ला अदालतले शुक्रबार साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलाशले उनलाइ छाड्न आदेश दिउकाे हाे । सुटुक्क अदालत हाजिर भएकी पोखरेलको बयान सकिएसँगै थुनछेक बहस भएको थियो ।चलचित्र निर्माता छवि ओझा र अभिनेत्री पोखरेल बहुविवाहको मुद्दामा पक्राउ पुर्जी जारी भएसँगै सम्पर्कविहीन भएका थिए ।
गत २६ कात्तिकमा सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेलले दायर गरेको रिट निवेदन खारेज गरेको थियो । निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविवाह गरेको भन्दै छवि र शिल्पाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।