व्यापारिक घराना ज्योति समूहका सदस्यसमेत रहेका पूूर्बमन्त्री रूप ज्योति र उनकी छोरी सुुरूचीलाई हाजिर जमानीमा छोड्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीलाई पत्राचार गर्ने भएको छ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमाथि मुद्दा नचलाउने निर्णय गरेर उच्च अदालत पठाइएको र थुनामा रहेका रूपज्योति र उनी छोरीलाई थुनामुक्त गर्न प्रहरीलाई पत्राचार गर्ने निर्णय भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।
रकम ठगीको आरोपमा ज्योतिविरुद्ध प्रहरीमा जाहेरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले मुद्दा फिर्ताको लागि निवेदन दिएका थिए।
मल्लले एक हप्ताअघि जाहेरी दिएपछि प्रहरीले रुप ज्योति र उनकी छोरी सुरुचिलाई पक्राउ गरेको थियो। बाँसबारीस्थित जग्गा प्लटिङ किनबेचमा ठगी भएको भन्दै मल्लले रुप ज्योतिविरुद्ध उजुरी गरेका थिए।