जनकपुरमा शुक्रबार बिहान बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका ११ का ४१ वर्षीय मोटरसाइकल चालक गोविन्द साह रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार धीरेश साह भने घाइते भएका छन् ।
जनकपुरबाट विराटनगर जाँदै गरेको बसले लक्ष्मिनिया गाउँपालिका ६, निकालमा शुक्रबार बिहान ज.९प ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थियो ।