चितवन प्रहरीले अमेरिकी राप्ती नगरपालिका ६ बाट पेस्तोलसहित दाङ तुलसीपुर उपमहानगरपालिका १२ का ३७ वर्षीय मधुकर केसी र सल्यान कपुरकोट गाउँपालिका ५ का ३३ वर्षीय नारायण बुढाथोकीलाई बिहीबार बिहान पक्राउ गरेको छ ।
चितवन प्रहरी प्रवक्ता (प्रहरी नायब उपरीक्षक) एकनारायण कोइरालाले हर्दीस्थित तामाङ ब्लक उद्योगअगाडि पूर्वपश्चिम राजमार्ग छेउमा बा.८५प ८०८४ नम्बरको मोटरसाइकलमा चढेका उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
पेस्तोलसँगै त्यसको एक थान म्यागजिन र ५ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको छ ।