निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ सहित पाँच जनालाई जेल चलान गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतले नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा अस्पतालका सिईओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेसहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।उनीहरुमाथि मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान र कारबाही भएको हो ।
ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गराएको भन्ने सूचनाको आधारमा मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले उक्त घटनामा संलग्न पाँच जनालाई केही समय अघि पक्राउ गरेको थियो ।