इलाका मालपोत कार्यालय लेखनाथका खरिदार र लेखापढी व्यवसायी मनोहरि भट्टराईविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर भएको छ ।
उनीहरु दुवैजनालाई अख्तियारको टोलीले कात्तिक ३ गते १२ हजार रुपैयाँ घुसहित पक्राउ परेका थिए । पैत्रिक सम्पत्ति नामसारी गर्न कर्मचारीले २ दिनदेखि आनाकानी गरेको र पैसा दिने भनेपछि काम गर्न तयार रहेको सूचनाका आधारमा अख्तियारको टोली लेखनाथ पुगेको थियो ।