रौतहटको ईशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा आज साँझ बम आक्रमण भएकाे छ ।बीआर ०५ एच ८६५९ नम्ब्रको मोटरसाईकलमा आएका दुई जना भारतीय नागरिकले चौकीमा सुतली बम प्रहार गर्दा सेन्ट्री बसेका प्रहरी जवान रन्जीत प्रसाद यादब भएका छन् ।
बम बिष्फोटमा संलग्न एक भारतीय नागरिक पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी भुपेन्द्र खत्रीले बताए ।
सुतली बम प्रहार गरेर भाग्दै गरेको अबस्थामा प्रहरीले भारतीय नागरिक चन्दन कुमार रामलाई पक्राउ गरेकाे हाे । बम प्रहार गर्नेले प्रयोग गरेको मोटरसाईकल समेत बरामद भएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।