भारत केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लामा पनि महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४.६ रेक्टरको भूकम्पको धक्का बैतडी र दार्चुलालगायत जिल्लामा महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्दा शाहका अनुसार आज बिहान ७:४५ बजे भूकम्पको धक्का महसुस गरिएको हो । -रासस