नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले सरकारले गरेका ज्यादतिविरुद्ध जनताले मूल्यांकन गर्नुपर्ने महत्वपूर्ण बेला भएको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कास्की क्षेत्र २ मा काँग्रेसका उम्मेदवारले जितेमा सरकार सच्चिन बाध्य हुने बताए।
काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेसका उम्मेदवार खेमराज पौडेल लोकतन्त्र र प्रजातन्त्रका लागि लडेका स्वच्छ छविका व्यक्तित्व भएकोले जिताउनु सबैको कत्र्तव्य भएको बताए। केसीले भने उम्मेदवार पौडेलको त्याग पार्टीमा मात्र नभै देशमा आमूल परिवर्तनका निम्ति खेलेको भूमिकालाई मूल्यांकन गरी पार्टीले टिकट दिएको स्पष्ट पारे। सभापति केसीले काँग्रेसका उम्मेदवारलाई जिताउन प्रेस जगतबाट सक्दो सहयोेग गरिदिन आग्रह गरे।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल,उपाध्यक्ष रमेश पौडेल, युनियनका सल्लाहकार शिरोमणि बराल, तारा पाखे, प्रेस युनियनका केन्द्रीय सदस्यद्वय टंक अधिकारी, सरिता पंगेनी, पत्रकार महासंघ कास्की उपाध्यक्ष बिमला भण्डारी, पत्रकार महासंघ कास्की सदस्य कमल पौडेल अथक, रेम बिक, पत्रकार भरत कोइराला, कमल पराजुली, युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल, माधव रेग्मी, बासुदेव पौडेल, हरि पन्त, विजय लम्साल, ज्योति हमाल लगायतले प्रेस स्वतन्त्रताको पक्षमा बोलेका थिए ।