नेपाल एसोसियसन अफ मेडिकल ल्याबोरेटोरी साइन्सेस् (नामल्स) को अध्यक्षमा केपी सिंह चयन भएका छन्।
शनिवार काठमाडौंमा सम्पन्न नवौं साधारण सभाले सिंहको नेतृत्वमा नामल्सको नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्बाचित अध्यक्ष सिंह चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। सिंह कान्तिपुर अस्पतालका कार्यकारी निर्देशक पनि हुन्। साधारण सभाले सिंहको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
कार्य समितिको उपाध्यक्षमा डा.महेन्द्र भट्ट, पुुष्पराज खनाल, अरुण बज्राचार्य,नुु माया गुरुङ, गोविन्द अकेला, सुरेन्द्र मधुप र सन्तोष सुुबेदी रहेका छन्। महासचिवमा राजेश गुप्ता र राकेश पोखरेल, सचिवमा कमल श्रेष्ठ र कोषाध्यक्षमा रुसिला चित्रकार रहेका छन्।
यसैगरी, सदस्यमा प्रमोदकुमार यादब, दिपेश ताम्राकार, केशब आचार्य, सन्तोष साह, नविन आचार्य, धीरेन्द्र यादब, शैलेश यादब, सुरेन्द्र कोजु छन्। सोमकान्त बराल, मनोज मेहता, रोशन पण्डित, शत्रुधनप्रसाद गुप्ता, ज्योत्स्ना शाक्य, बिमलेश झा, रेणु शाक्य, लक्ष्मण पोखरेल, दिपेन्द्र मण्डल, लिलाम्बर झा र शंकर शाही पनि निर्बिरोध निर्बाचित सदस्य रहेका छन्। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ।
नामल्सको अध्यक्षमा निर्वाचित भएपछि सिंहले नामल्सभित्रका सम्पूर्ण समस्या समाधान गर्ने र स्वास्थ्य क्षेत्रलाई स्वस्थ अनि सम्मानित बनाउन आफू लाग्ने प्रतिबद्धता जनाए।
यसैबीच, नयाँ नेतृत्व चयनपछि शनिवार काठमाडौंमा मुलुकभरबाट मेडिकल साइन्स अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थितिमा विभिन्न विषयमा अन्तरक्रियासमेत गरिएको छ। अन्तक्र्रियामा नेपालको स्वास्थ्य क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको समेत उल्लेख्य सहभागिता रहेको थियो।