तीन महिनाअघि अध्ययनका लागि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकको ठक्करबाट मृत्यु भएको छ।
जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका गिरीलाई ट्रकले ठक्कर दिएको थियो।
मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा बगालेले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइएको थियो। अस्पताल पु¥याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए।
ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। थापाको भनाईमा अहिले त्यहाँका प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।