टुँडिखेललाई अतिक्रमणबाट जोगाउनका लागि आव्हान गरिएको ’अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ।
मानव साङ्लो बनाउने अभियानमा शनिबार विहान ८ बजेदेखि टुँडिखेलमा ठूलो संख्यामा मानिस भेला भएका छन्।
अभियानका लागि नागरिक समाजका अगुवा केदारभक्त माथेमा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्का लगायत उपस्थित भएका छन्।
टुँडिखेलमा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको महत्व बुझाउने उद्देश्यले संरक्षणकर्मी अभियन्ताहरूले स्वतस्फूर्त रुपमा कार्यक्रम गरेका हुन्।
बिहान ८ देखि १० बजेसम्म टुँडिखेल वरिपरि मानव साङ्लो बनाइदैछ। जनस्तरबाट दबाब सिर्जनका गर्नका लागि तीन महिनासम्म हरेक शनिबार यो कार्यक्रम गरिने छ।