काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्वमन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।
हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार जिल्ला अदालत काठमडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाइ अनुमति दिइएको हो।प्रहरीले उनीहरुलाई एक साता थुनामा राख्न अनुमति मागेको थियो।
काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो । दुवै जना बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।