प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश न १ का सवै सामुुदायिक विद्यालयमा प्रदेश सरकारले डिजिटल मैत्री शिक्षा प्रारम्भ गर्न लागेको बताएका छन् ।
विराटनगरमा आज आयोजित विद्यालय सिक्षाको शैक्षिक गुुणस्तर सुुधार अभियानका विषयमा सरोकारवालासंग छलफल कार्यक्रममा वोल्दै उनले विद्यालयको शैक्षिक सुुधारकालागि पहिलो चरणमा प्रदेशका एकसय भन्दा बढि विद्यालयमा डिजिटल प्रविधि सिक्षा शुुरु गर्ने बताए ।
उनले प्रदेश न १ लाई डिजिटल प्रविधि प्रदेशमा रुपान्तर गर्न सरकार लागेको भन्दै सुुखी प्रदेश वनाउने अभियानमा आफनो ज्ञान र सिप खर्चिन दक्ष जनशक्ति लाग्नुुपर्नेमा जोड दिए ।
कार्यक्रममा बाेल्दै सामाजिक विकासमन्त्री जिवन घिमिरेले प्रदेश सरकारले विद्यालय तथा सरकारी कार्यालय लगायत सवैक्षेत्रलाई डिजिटलमैत्री वनाउने भन्दै चालुु सैक्षिक शत्र भित्र दुुइसय विद्यालय डिजिटल मैत्री हुुने बताए ।
कार्यक्रमा सामाजिक अभियान्ता महाविर पुुनले डिजिल प्रविधिवाट गाउका जनतालाई समेत फाइदा पुुग्नेगरि सामाग्री तयार गर्नुुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश न १ का उपसभामुुख सरस्वती पोखरेल नास्टका वैज्ञानिक ऋषिकेस शाहलेले, समाजको विकासमा डिजिटल प्रविधिको महत्वमाथी प्रकाश पारे ।
कार्यक्रममा सूचना प्रविधि विज्ञ सुुदिप कार्की तथा डा दोभान राईले डिजिटल प्रदेशको परिकल्पना विषयमा कार्यपत्र प्रस्तुुत गरेका थिए ।
कार्यक्रममा प्रदेश न १ का प्रदेशसभा सदस्य, गाउ तथा नगरपालिकाका प्रमुुख , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानध्यापकहरुको सहभागिता थियो ।प्रदेश न १ मा मंसिर १ गतेवाट पहिलो चरणमा प्रदेशका एकसय माध्यमिक विद्यालय डिजिटल मैत्री कक्षा संचालन हुुन लागेको हो ।