जर्जियामा वैदेशिक रोजगारीको आकर्षण देखाएर ७ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका वडा नं. १ वस्ने रामकृष्ण राई रहेका छन्।
राईले दोलखाको गौरीशंकर गाउँपालिका ६ घर भई हाल कोटेश्वर बस्ने कामे शेर्पालाई जर्जियामा क्लिनरको जागिर लगाई दिने र उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलव, खान बस्न समेत कम्पनीले नै दिने प्रलोभन दिइ रकम ठगी गरेर फरार भएका थिए।