झापाको अर्जुनधारा नगरपालिका ३, कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरीको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको विद्युतको तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर सख्त घाइते सेन्चुरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।