भरतपुर महानगरपालिका ५, पञ्चरत्न चोकमा ना.३६प ९३२४ नम्बरको स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट मंगलपुरतर्फ जाँदै गरेको स्कुटरले बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । गैंडाकोट १०, भेडाबारीका २३ वर्षीय स्कुटरका चालक जनक कँडेल पनि सख्त घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।