नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको सभापतिमा सुबोधकुमार सिंह निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमितिको निर्वाचनका लागि आज भएको मनोनय पत्र दर्ताका क्रममा सभापतिमा सिंहको मात्र उम्मेदवारी परेको थियो उनको मात्र उमेदवारी परेपछि सिंह निर्विरोध भएको निर्वाचन अधिकृत कृष्ण न्यौपानेले बताए ।
यस्तै उपमन्त्रीमा सुरेन्द्र गिरी र उपकोषाध्यक्षमा पुष्पराज माझी निर्विरोध भएको न्यौपानेले बताए । १७ पदका लागि हुने निर्वाचनमा ३४ जनाको उम्मेदवारी परेको नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले जनाएको छ ।
यस्तै उपसभापतिमा २ , महिला उपसभापतिमा २ , मन्त्रीमा ३ , कोषाध्यक्षमा २, ७ जना खुल्ला सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन् भने ३ जना महिला सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए । बाँकी ती पद्धका लागी कार्तिक २३ गते निर्वाचन हुने रेडक्रस सोसाइटी मोरङ शाखाले जनाएको छ ।
रेडक्रम मोरङ शाखाको सभापतीमा यस अघि पनि सिंह निर्वाचित भएका थिए । निर्वाचित भएपछि संचारकर्मीसंग कुरागर्दै सिंहले पुन: जिम्मेवारी पाएकोमा खुशी व्यक्तगर्दै रेडक्रस मोरङको सेवा र कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउने वताए ।