अर्घाखाँचीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार विहान ९ बजे रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार नरपानीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो।
अर्घाखाँची प्रहरीका अनुसार २ जनाको घटनास्थलमै र एक जनाको उद्दारका क्रममा निधन भएको हो। ५ जना सवार कारमा दुई जनाको स्थानीय ठाँडा प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ।